किन घट्यो विद्युत प्राधिकरणको नाफा ?

काठमाडौ, ३० साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७४÷७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो । यो समाचार आजको कारोबारमा छ ।

यो रकम अघिल्लो आर्थिक वर्ष २०७३ ७४ को भन्दा ४८ करोड कम हो । आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो ।

अघिल्लो आर्थिक वर्षमा पछिल्लो १७ वर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

You might also like

Comments are closed.