किन मार्यो सिआइबीले एनसिसी बैंकमा छापा ?

काठमाडौं, २ चैत । एनसिसी (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड)को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले छापा मारेको छ । छापा मारी बैैंकका १ दर्जन भन्दा बढी सञ्चालक तथा कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।

बैंकमा एक अर्ब रुपैयाँ भन्दा बढी घोटला भएको भन्दै सिआबीले छानबिनका लागि उनीहरुलाई नियन्त्रणमा लिएको हो । शुक्रबार बोर्ड बैठक जारी रहेको समयमा छापा मारिएको हो ।

बैंक मर्ज घोटाला भएको आशंकामा अनुसन्धान थालेको सिआइबीका प्रमुख डिआईजी पुष्कर काकर्कीले जानकारी दिए । राष्ट्र बैंकको अनुरोधमा कर्मचारीहरुलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । एनसीसी बैंकसँग मर्ज भएपछि एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारी र एनसीसी बैंकका कर्मचारी विच विवाद हुँदै आएको थियो ।

You might also like

Comments are closed.