कियाको आधिकारिक बिक्रेता एसिई ओभरसिज

पोखरा, २७ साउन ।

किया गाडीको लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेताको जिम्मेवारी एसिई ओभरसिजले पाएको छ । पोखराको शिवचोकमा आधुनिक शोरुम स्थापना गरी किया गाडी बिक्री सुरुवात गरिएको एसिईका निर्देशक विनय थापाले जानकारी दिए । ‘किया गाडीका लागि गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेताको जिम्मेवारी एसिई ओभरसिजले पाएको छ,’ थापाले भने, ‘आधुनिक शोरुमबाट किया गाडी बिक्री सुरुवात गरेका छौं ।’

२५ लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँसम्मका कियाका गाडीहरु पोखरामा बिक्री भइरहेको थापाले जानकारी दिए । मध्यमदेखि उच्च वर्गसम्मका व्यक्तिहरुलाई लक्षित गरी कियाका गाडीहरु बजारमा आइरहेका छन् । कियाले नेपाली बजारमा इलेक्ट्रिक गाडी पनि बिक्री गरिरहेको छ । ‘इलेक्ट्रिक गाडीमा विशेष आकर्षण देखिएको छ,’ थापाले भने, ‘कियाका गाडी लक्जरियस भएकाले धेरैको रोजाईमा पर्छ ।’

कियाको सर्भिस सेन्टर शिवचोकमा रहेको थापाले जानकारी दिए । ‘बिक्री पछिको सेवालाई हामी उच्च प्राथमिकतामा राख्छौं,’ थापाले भने । कोरियाबाट उत्पादन भएर आइरहेका सस्तो रेन्जका क्रियाका गाडीहरु सन् २०१९ देखि भारतबाटै उत्पादन गरी नेपाल ल्याउने तयारी भइरहेको छ । अत्याधिक रुचाइएको कियाको स्पोर्टिज गाडीको मूल्य ६५ लाख ९० हजार रुपैयाँबाट सुरु छ ।

You might also like

Comments are closed.