कियाको दशैं अफर : ३ लाखसम्म छुट, ३ जनालाई विदेश भ्रमण

आर्थिक आवाज

पोखरा । नेपालीको महान चाँड दशैं र तिहारको अवसरमा किया गाडीले ३ लाख रुपैयाँसम्म क्यास छुट दिएको छ ।  दशैं र तिहारको अवसरमा गाडीको मोडल हेरेर किया गाडीमा स्क्क्रयाच कुपनको आधारमा थप छुटको व्यवस्था समेत छ । स्क्र्याच कुपनका आधारमा २५ हजारदेखि १ लाख रुपैयाँसम्म क्यास छुट दिइदै आएको कियाको आधिकारिक विक्रेता एस ओभरसिज शिवचोक पोखराका प्रवन्धक आशिष पौडेलले जानकारी दिए ।

कियाको दशैं अफर अन्तर्गत स्क्रयाच कुपन छ । जसमा बम्पर उपहार बिजेता ३ नेपाली जोडीलाई विदेश भ्रमण गराइने छ । बम्पर उपहार अन्तर्गत प्रथम हुने एक जोडीलाई कोरियाको भ्रमण गराइने छ भने दोश्रो हुने एक जोडीलाई मलेसिया र तेश्रो हुने एक जोडीलाई थाइल्याण्ड भ्रमण गराइने सञ्चालक थापाले बताए । यो अफर नेपाल भरी नै लागु हुने उनले बताए ।

यसैगरी कियाको गाडी किन्दा एक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै तिरिदिनेछ । कियाको यो अफर भदौ २६ गतेदेखि शुरु भएको हो भने तिहारसम्म जारी रहने जनाइएको छ । कियाको २५ लाख पर्ने पिकान्टो गाडीदेखि १ करोड २० लाख रुपैयाँ पर्ने स्वरेन्टोसम्मका गाडीहरु पोखरामा बिक्री भइरहेका छन् ।

यसैबीच, एस ओभरसिजले बिक्री गर्दै आइरहेको सिएफ मोटो कम्पनीका बाइकमा पनि पनि ८ हजार रुपैयाँ क्यास छुट छ । दशैं र तिहारको अवसरमा एउटा हेलमेट, २ वर्षसम्म सर्भिसिङ फ्रि र १ वर्षको फिल्टर फ्रि पनि गरिने पौडेलले बताए ।

You might also like

Comments are closed.