कियाको नयाँ विद्युतीय कार ‘निरो इभी’लाई पोखरामा सानदार स्वागत (फोटो फिचरसहित)

आर्थिक आवाज
पोखरा । नेपाली बजारमा भित्रिएको कियाको नयाँ इलेक्ट्रिक कार निरो इभीलाई पोखरामा सानदार स्वागत गरिएको छ । पोखरामा गत साता भित्रिएको यो कार ६ वटा बिक्री भइसकेको छ । छोटो समयमा ११ वटा बुकिङ भएको यस क्षेत्रको आधिकारिक बिक्रेता एसओभरसिज प्रालिका सञ्चालक विनय थापाले आर्थिक आवाजलाई जानकारी दिए । एसओभरसिज (किया गाडीको शोरुम) पोखराको शिवचोकमा छ ।

बुकिङ भएका कारहरु छिट्टै ग्राहकलाई उपलब्ध गराइने थापाले जानकारी दिए । ‘धेरै सेवा सुविधा तथा फिचरहरु सहित यो कार बजारमा आएको छ,’ उनले भने, ‘यो कारको माग निकै हुने हामीले विश्वास लिएका छौं ।’ पछिल्लो समय विद्युतीय कारप्रति धेरैको आकर्षण बढेको थापाले बताए ।

किया मोटर्सले उत्पादन गरेको उक्त कारमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १ सय ५० किलोवाटको इलेक्ट्रिक मोटरले २ सय १ बीएचपी पावर र ३ सय ९५ एनएम टर्क उत्पादन गर्छ । उक्त कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति तय गर्न सक्ने कम्पनीको दाबी छ ।

अगाडिको ग्रिलमा कम्बाइन चार्जिङ सिस्टम दिइएको उक्त कारलाई डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्छ । एक पटकको फुलचार्जमा उक्त गाडीले ४ सय ८० किलोमिटर माइलेज दिन्छ । कुनै इलेक्ट्रिक कारले यति धेरै माइलेज दिनु निकै नै उपलब्धिमूलक रहेको प्रवन्धक ध्रुवराज तिवारीले बताए । यसको मूल्य ६६ लाख ९० हजार रुपैयाँ छ ।

 

कोरियामा बनेको यो कारमा मुड लाइट छ । जुसले ६ थरी कलर परिवर्तन गर्न सकिन्छ । इलेक्ट्रिक सिट र लेदर सिट छ । सात वटा एयरव्याग रहेको यो कार सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण रहेको तिवारीले बताए । ७ वर्षको व्याट्री वारेन्टी छ । कियाका लागिग नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ग्रुप हो ।

You might also like

Comments are closed.