किया सेल्टोसको बुकिङ खुल्ला

पोखरा । भारतीय बजारमा हालै सार्वजनिक भएको किया सेल्टोस एसयूभीको पोखरा सहित नेपाली बजारमा बुकिङ खुल्ला भएको छ । कियाका लागि पोखराका क्षेत्रको आधिकारिक बिक्रेता एस ओभरसिजले बहुप्रतिक्षित किया सेल्टोसको बुकिङ खुल्ला भएको जनाएको छ ।

बुकिङ खुल्ला भएपनि यो गाडी दशैं पछि मात्रै नेपाली बजारमा भित्रिने एस ओभरसिजका सञ्चालक विनय थापाले जानकारी दिए । यसको मूल्य ४३ लाख ९० हजारबाट सुरु हुने बताइएको छ । विभिन्न ७ कलर अप्सनमा उपलब्ध किया सेल्टोस दुई डिजाइन लाइन टेक लाइन र जीटी लाइनमा उपलब्ध छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा पहिलो पटक यसरी दुई डिजाइन अप्सनमा आएको यो पहिलो गाडी हो । पोखरा लगायत नेपाली बजारमा किया सेल्टोसको बिक्री निकै राम्रो हुने थापाले विश्वास व्यक्त गरे ।

टेक लाइन धेरै प्रिमियम र पारिवारिक स्टाइलिङ प्याकेजमा आएको छ भने जीटी लाइन स्पोर्टी स्टाइलको छ र यसले युवा वर्गलाई लक्षित गरेको छ । टेक लाइनमा ५ र जीटी लाइनमा ३ भेरिएन्टको अप्सन छ ।

सेल्टोस पेट्रोलमा दुई अप्सन १.५ लिटर टेक लाइन र १.४ लिटर टर्वोचाज्र्ड पेट्रोल इन्जिन तथा डिजेलमा १.५ लिटर टर्बो चाज्र्ड अप्सनमा सार्वजनिक गरिएको छ । साथै, कम्पनीले चार भेरियन्टमा टर्बोचाज्र्ड पेट्रोल इन्जिनयुक्त सेल्टोस सार्वजनिक गरेको छ ।

यसमा भएको १.४ लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले १३८ एचपी पावर र २४२ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले ११३ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । १.५ लिटर डिजेल इन्जिनले ११३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ ।

कियाले २०१८ अटो एक्सपोमा प्रदर्शन गरेको एसपी कन्सेप्टमा सो एसयूभी आधारित छ ।

सो एसयूभीलाई नर्मल, इको र स्पोर्ट गरी तीन विभिन्न मोडमा चलाउन सकिन्छ । सेगमेन्टमै पहिलो पटक यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ, जसमा नेभिगेसन समेत रहेको छ । यसमा ८ स्पिकर साउन्ड सिष्टम र एयर प्युरिफायर समेत छ ।

किया सेल्टोसको इग्निसन, एसी कन्ट्रोल्स र अन्य फिचर चलाउनका लागि मोबाइल फोनको प्रयोग गर्न सकिन्छ । त्यसैले यो एमजी हेक्टर र हुन्डाई भेन्यु जस्तै कनेक्टेड कार बनेको छ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एचएसी, भीएसएम छन् भने यो एड्भान्स्ड हाई स्ट्रेन्थ स्टिलले बनेको छ । त्यसैगरी यसमा फ्रन्ट र रियर पार्किङ सेन्सर र ब्लाइन्ड भ्यु मिरर छ । यसको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुनेछ ।

You might also like

Comments are closed.