किरण, नरदेवी र विकास बने प्रदेश ४ का थप मन्त्री

पोखरा, १२ चैत । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ३ जना मन्त्री नियुक्त गर्दै मन्त्रीमण्डललाई पूर्णता दिएका छन् । थपिएका मन्त्रीहरु किरण गुरुङ, नरदेवी पुन र विकास लम्सालले सोमबार नै सपथ दिएका छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

यस अगाडि उद्योग मन्त्रीको जिम्मेवारी पाएका रामशरण बस्नेतलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका गुरुङले मन्त्री बन्ने चाहना व्यक्त गरेपछि उनलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रदेश प्रमुख बाबुराम कुवँरले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

You might also like

Comments are closed.