किरियापुत्री भवनलाई सहयोग

दमौली, १४ माघ ।
व्यास नगरपालिका–४ घर भई हाल अमेरिकाको न्युयोर्कमा रहेका डा. अविन ओझाले व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग गरेका छन् ।

न्युयोर्क स्थित योर्क कलेजमा प्राध्यापनरत डा. ओझाले भवनका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । उक्त रकम ओझाका बुबा मोहनिधी ओझाले भवन निर्माण समितिका सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।

विदेशमा रहेर पनि आफ्नै ठाउँमा बन्न लागेको सामाजिक भवनलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको डा. ओझाले बताए । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.