किरियापुत्री भवनलाई सहयोग

तनहुँ २५ फागुन
व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि शनिबार आर्थिक सहयोग प्राप्त भएको छ । भवनका लागि क्षेत्री समाज मिर्लुङ सम्पर्क समितिले ५ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेको हो ।  उक्त रकम समाजका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारी, निवर्तमान अध्यक्ष क्या. जगतबहादुर बानियाँ र कोषाध्यक्ष बलबहादुर पाण्डेले भवन निर्माण समितिका सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् ।

सामाजिक कामका लागि सबै क्षेत्रबाट सहयोग भइरहेको सन्दर्भमा सम्पर्क समितिले समेत सानो भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको समितिका संस्थापक अध्यक्ष अधिकारीले बताए ।
भवन निर्माण समितिका सल्लाहकार पौडेलले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए ।
व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.