किरियापुत्री भवनलाई साढे तीन लाख सहयोग

तनहुँ २२ माघ
बन्दीपुर गाउँपालिका–१ घर भई हाल व्यास नगरपालिका–२ मा बस्ने व्यवसायी धु्रवकुमार प्रधानले किरियापुत्री भवन निर्माणका लागि ३ लाख ५१ हजार सहयोग गरेका हुन् ।
व्यास नगरपालिकाको सभाहलमा आइतबार आयोजित कार्यक्रममा प्रधानले उक्त रकमको चेक जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको रोहवरमा भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरेका छन् ।

प्रधानले व्यवसायसँगै सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्य सहित भवन निर्माणका लागि आर्थिक सहयोग गरेको बताए । भवन निर्माण समितिका अध्यक्ष लम्सालले शहरिया साँघुरो र घना बसाई व्यवस्थायुक्त रहनसहनमा काजकिरिया कर्म पारम्पारिक ढंगले सम्पन्न गर्न कठिनाई भएको महशुस गरि भवन निर्माण थालिएकोमा देश तथा विदेशबाट सहयोग आउन थालेको जानकारी दिए ।

You might also like

Comments are closed.