किरियापुत्री भवनलाई सौन्दर्य व्यवसायी संघको सहयोग

दमौली, २७ चैत
व्यास नगरपालिका–३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि तनहुँ सौन्दर्य व्यवसायी संघ नेपालको आर्थिक सहयोग प्राप्त भएको छ ।  भवनका लागि संघले ११ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

उक्त रकम संघकी अध्यक्ष धनुमाया पौडेलले भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई हस्तान्तरण गरेकी हुन् । किरियापुत्री भवनको अभाव खड्किएको अवस्थामा सबैको सहयोगमा निर्माणाधीन भवनलाई संघले पनि सहयोग गर्न पाउदाँ खुशी लागेको संघकी संस्थापक अध्यक्ष शकुन्तला आलेले बताइन् ।

भवन निर्माण समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका लागि सबैतिरबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।

You might also like

Comments are closed.