किवानिज क्लब अफ पोखराको अध्यक्षमा देवेन्द्र केसी

पोखरा । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखराको अध्यक्षमा युवा व्यवसायी देवेन्द्र केसी सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार आयोजित अधिवेशनले केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

वर्ष २०१९/२० का लागि प्रथम उपाध्यक्षमा राजन पन्त, द्वितीय उपाध्यक्षमा स्वतन्त्र न्यौपाने, सचिवमा श्याम सुन्दर ढकाल, सहसचिवमा अशोक पौडेल र कोषाध्यक्षमा गणेशराज लामिछाने निर्वाचित भएका छन् ।

मेम्बरसिप चियरपर्सनमा ध्रुवराज तिवारी र युवराज अधिकारी, पब्लिक रिलेसन अफिसरमा बिनोद भण्डारी र होमराज भट्टराई चयन भएको अध्यक्ष केसीले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष देवेन्द्र केसी

क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिष्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नविन पौडेलले सय वर्ष भन्दा बढी लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिजले नेपालमा बालकालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न सफल भएको बताए ।

नवनिर्वाचत अध्यक्ष देवेन्द्र केसीले क्लबले बालबालिकाको क्षेत्रमा रचनात्मक कार्यक्रम गर्दै कार्यकाल अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘गरिब तथा विपन्न वर्गका बालबालिकालाई लक्षित गरी कार्यक्रम गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.