किवीको ‘प्रिन्सेस’ वाइन बजारमा

काठमाडौं । किवीको वाइन नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । माउण्ट एभरेष्ट वाइनरी उद्योगले ‘प्रिन्सेस’ ब्राण्डबाट वाइन बजारमा ल्याएको हो ।

वाइन पारखीलाई लक्षित गरी किवीको वाइन उत्पादन गरिएको उद्योगका प्रवन्ध निर्देशक विष्णुप्रसाद बास्तोलाले आर्थिक आवाजलाई जानकारी दिए । राजधानी काठमाडौंसहित मुख्य बजारमा वाइनको बिक्री सुरु भएको उद्योगले जनाएको छ ।

नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको बास्तोला बताउँछन् । ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ ।

नेपाली बजारमा पहिलो पटक किवीबाट वाइन उत्पादन सुरु भएको अध्यक्ष हरेराम शाहले बताए । किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेको प्रवन्ध निर्देशक बास्तोलाले जानकारी दिए । ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गरेको छ,’ उनले भने ।

वाइनरी क्षेत्रमा संगालेको लामो अनुभव र देशविदेशका तालिमबाट प्राप्त गरेको विज्ञताका कारणले आफूहरुले उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल हुने बास्तोला बताउँछन् । वाइनको उद्योग धनकुटाको राजारानीमा छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.