किशोरीहरुलाई आत्मरक्षा तालिम सुरु

पोखरा, ७ माघ
नारी सम्मान र सुरक्षाका लागी प्राज्ञिक बिद्यार्थी परिषद नेपालले राष्ट्रब्यापी रुपमा मिसन साहासी अभियान सञ्चालन गरीरहेको छ । यसै सन्दर्भमा प्राज्ञिक बिद्यार्थी नेपाल पोखरा महानगर इकाइ समितिले ज्ञान शील एकता भन्ने नाराका साथ सोमबारदेखि नारी सम्मान र सुरक्षाका लागी मिसन साहासी २०७५ सुरु गरेको छ ।

नेपाल क्योकुशिन कानकराते र नेपाल मुआथाइ किक बक्सीङको सहयोगमा नारी सम्मान र सुरक्षाका लागी मिसन साहासि कार्यक्रम गरिएको हो । प्रत्येक नारीलाई शिक्षत, सम्मानित, स्ववलम्बी र साहासी बनाउदै आफनै रक्षाका लागी आफै सक्षम हुन आबश्यक केही ब्यबाहारीक सिपहरु सिकाउदै उनिहरुकै आत्म बिश्वासको बिकासका साथै सक्षमता प्रदान गर्नका लागी बिषेश प्रशिक्षण आयोजना गरिएको कार्यक्रम संयोजक बिष्णु कुमारी अधिकारीले जानकारी दिइन ।

सो कार्यक्रम अन्तर्गत हरेकदिन एक घण्टा आत्मरक्षा तालिम दिइनुका साथै कानुनी ज्ञान, व्यक्तित्व बिकास, नेतृत्व बिकास र उधमशिलता तालिम दिइने अधिकारीले जानकारी दिइन् ।  नारीहरुले आफ्नो रक्षा आफै गर्न सक्ने र निडरताका भयमुक्त वातावरणमा हिड्न सक्ने बनाउने उद्देश्यले अभियान सुरु गरिएको परिषदका राष्ट्रिय सचिब प्रकाश शर्माले जानकारी दिए ।

कार्यक्रममा ८० जना किशोरीहरु सहभागि रहेका छन । तालिम पश्चात उनीहरुले नै प्रशिक्षकको भुमिकामा रहने छन् । यहि माघ ११ गते देखि २४ गतेसम्म कक्ष ६ देखि १२ सम्ममा अध्यन गर्ने ५० ओटा बिद्यालयका किशोरीहरुलाई प्रशिक्षण दिइने छ ।
उक्त प्रशिक्षण कार्यक्रमको सहजिकरण अधिबक्ता दुर्गा न्यौपाने, नागरिक समाजका सदस्य बिन्देश्वरी बराल, प्रहरी निरिक्षक भगवति तिम्सिना र मिडीयाकर्मी दुर्गा अधिकारी रहेका छन् ।

You might also like

Comments are closed.