किष्ट वैंकका तत्कालिन प्रबन्ध सञ्चालक ज्ञवाली भारतबाट पक्राउ

पोखरा, १९ असोज

किष्ट वैंकका तत्कालिन प्रबन्ध सञ्चालक कमल ज्ञवाली भारतबाट पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको छ ।

ज्ञवालीलाई ६ करोडको सम्पती धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोग लागेको थियो । अभियोगमाथी प्रहरीले अनुसन्धान थालेपछि उनी फरार भएका थिए । फरार ज्ञवालीको प्रहरीले खोजी गरिरहेको थियो । नेपालका विभिन्न क्षेत्रमा खोजी गर्दा फेला नपरेपछि प्रहरीले गोप्य सूचनाको आधारमा भारतमा पक्राउ गरेको श्रोतले बताएको छ ।

प्रहरीले ज्ञवाली पक्राउ परेको पुष्टी गरेको छ । यद्वपी थप जानकारी भने दिएको छैन ।

ज्ञवाली ३ वर्ष अघिसम्म वैंकिङ क्षेत्रका राजकुमार मानिन्थे । उनलाई सफल बैंकरको रुपमा हेरिन्थ्यो । तर उनको कर्तुत थाहा भएपछि भने उनी जसरी छोटो समयमा सफल भए त्यसरी नै त्यति नै छिटो पतन पनि भए ।

You might also like

Comments are closed.