lcci festival

‘किसानको सेवामा निरन्तर खटिएका छौं’

डा. शोभा शर्मा
कार्यालय प्रमुख, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्की

लकडाउनका समयममा कर्मचारीहरु कम भएपछि नियमित उपचार सेवाहरु प्रवाह गरिरहेका छौं । कोही कार्यालयमा आउनुभयो भने औषधीको प्रिस्किप्सन लेखेर पठाउछौं, जसका कारण किसानले आफैं औषधी किनेर खुवाउन सक्नुहुन्छ ।

यस आर्थिक वर्षमा मोडल फार्म सेलेक्सन पनि सेलेक्सन गरेका छौं । यसको लागि ३४४ वटा फार्मको निवेदन परेका थिए । यसको लागि गत साउनमा नै ३५ दिने सूचना जारी गरेका थियौं । फिल्ड भेरिफिकेसन गरेर ६४ वटा फार्मलाई मोडल फार्मको लागि अनुदानग्राही भनेर नाम प्रकाशित गरी सम्झौता ग¥यौं । किसानहरुसँग ५० प्रतिशत लागत साझेदारीमा गरिएको योे पुँजीगत अनुदान हो ।

किसानको पशु संख्या र विभिन्न आधार हेरेर ५ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको दरले ५० प्रतिशत लागत साझेदारीमा केहीलाई भुक्तानी दिइसकेका छौं भने केहीलाई फार्म अनुगमन गरी दिनेछौं ।

डेरी पसल सुधार र मासु पसल सुधारका कार्यक्रम पनि भएको छ । ३ डेरी पसल र १० मासु पसल सुधार गर्ने लक्ष्य थियो । त्यस अन्तर्गत पनि काम सम्पन्न भएको छ ।

मुग्री बेसी चालिसेमा पकेटको कार्यक्रम पनि थियो । यस अन्तर्गत बाख्रा पकेटको प्याकेज थियो । प्याकेजमा कृषकहरुलाई तालिम, भ्रमण, बाख्रा किन्ने, बोका किन्ने, खोर बनाउने लगायतका कार्यक्रमको काम सम्पन्न भएको छ । यस अन्तर्गत ३ चौमासिकमा १५ लाख रुपैयाँ बिनियोजन भएको थियो । २० वटा बाख्राको खोर निर्माण भएका छन् । अनुगमन जारी छ । २५ प्रतिशत लागत सहभागितामा यस अन्तर्गत छ । भुक्तानीको अन्तिम चरणमा छौं ।

लिमे पार्कोटमा भैसी संरक्षण कार्यक्रम पनि थियो । यो फलोअप कार्यक्रम हो । यस अन्तर्गत २० वटा गोठमा भकारो सुधार कार्यक्रम ग¥यौं । मादी गाउँपालिकाको ताङतिङमा संचालन भइरहेको छ । भैसींलाई औषधी वितरण पनि ग¥यौं । तालिम पनि संचालन ग¥यौं ।

कुखुरा पकेट अन्तर्गत स्थानीय कुखुराहरु पालनका लागि खोर निर्माण कार्यक्रममा सहयोग ग¥यौं । यो पनि फलोअप अन्तर्गत नै हो । माछापुच्छ्रे गाउँपालिकामा यसलाई संचालन गरेका छौं । माझठानामा गत वर्ष पकेट छनोट भएको थियो । अहिले उन्नत वोयर जातको बोका वितरण गरिएको छ । हामी किसानको सेवामा निरन्तर खटिएका छौं ।
(कुराकानीमा आधारित)

Dr. Shova Sharma

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका कार्यालय प्रमुख डा. शोभा शर्मासँग विशेष संवाद ।

Gepostet von Arthik Awaj am Montag, 1. Juni 2020

You might also like

Comments are closed.