किसानलाई लक्षित गरी १२ सय विरुवा रोपिए

पोखरा । पोखरा २६ चिप्लेटी बडहरेका किसानहरुलाई लक्षित गरी विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइडको आयोजनामा मंगलबार एक कार्यक्रमका बीच फलफूलका विरुवा रोपिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिइन् । उक्त अवसरमा १ हजार २ सय ५० वटा बिरुवा रोपिएको उनले बताइन् ।

सामुदायिक समितिमा आबद्ध किसानहरुको निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्ने सोचसहित विरुवा रोपिएको ढकालले जानकारी दिइन् । कागती, एबोकाडो, कुरिलो, कफी, दालचिनी लगायतका विरुवा रोपिएको पूर्व अध्यक्ष तथा जोन चियरपर्सन रामु गौतमले जानकारी दिए । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य, कोचिफ एडभाइजर सुचित्रा थापा, क्लस्टर प्रमुख शिवराज आचार्य लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.