किसान जागरण सहकारीको स्थापना दिवसमा सरसफाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम

पोखरा, १९ असोज ।

किसान जागरण सहकारी संस्था लि. पोखरा ७ शान्तिनगरले १९ औ स्थापना दिवसको अवसरमा सहकारीको कार्यालय परिसर शान्तिनगर देखि बुलौदि स्थित पुष्पलाल पार्क परिसर भित्र सम्म बृहत सरसफाइ कार्यक्रम तथा नजिकिदै गरेको वडा दशै, शुभ दिपावली र छट पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा न ७ का वडा अध्यक्ष रामचन्द्र बराल, बिशेष अतिथि जिल्ला सहकारी सघ का केन्द्रीय सदस्य तेजनारायण अधिकारी, अतिथिहरु वडा न ७ का जनप्रतिनिधि दिनबन्धु पौडेल र किशोर बराल, पुष्पलाल पार्कका अध्यक्ष लिलाभक्त बराल, मासबार आमा समुह अध्यक्ष टिकादेवि अधिकारी, नुवारथोक टोल बिकासका अध्यक्ष दामोदर बराल, रेडक्रस उपशाखा ७ का सभापति दामोदर बराल लगायत सहकारीका सञ्चालक समितिका सदस्य, सस्थाका शेयर सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय समाजसेवी एवं स्थानीयबासीको सहभागिता रहेको संचालक समिति सदस्य इन्दिरा बरालले जानकारी दिईन् ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष बरालले सबैलाई आउदै गरेको वडा दशै, शुभ दिपावली र छठको शुभकामना ब्यक्त गर्दै सरसफाई हामी सबैको ब्यक्तिगत, परिवारिक र सामाजिक उत्तरदायित्व भित्र रहेको र आगामी दिनहरुमा समेत किसान जागरण बहुमुखी सहकारीले केबल ब्यक्ति मात्र नभइ सिङगो समाजलाई नै परिर्वतनको बाटोमा लैजान अग्रसर रहने बताए ।

सोही अवसरमा सस्थाका अध्यक्ष मोतिराम बरालले सहकारीले बिल्कुलै सहकारीको मात्रै काम नगरी धनी, गरिब, किसान, मजदुर लगायत सबैलाइ जिवनस्तर उकास्न प्रेरणा र श्रोत बन्दै आएको र कार्यक्रम लाइ भब्य र सफल बनाउनका निम्ती सहभागि सम्पूर्णप्रति आभार प्रकट गर्दै आउदै गरेको वडा दशै, शुभ दिपावली र छठको शुभकामना ब्यक्त गरे ।

संस्थाका अध्यक्ष मोतिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लेख बहादुर के.सी. ले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन स्वास्थ्य तथा वातावरण उपसमिति का सयोजक दिपक कार्कीले गरेका थिए ।

You might also like

Comments are closed.