कुँडहरचोक टोल विकासमा भुर्तेल

पोखरा, २७ साउन ।

कुँडहरचोक टोल विकास संंस्थाको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले दुर्गादत्त भुर्तेलको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा दया बराल, सचिवमा कृष्णबहादुर केसी, कोषाध्यक्षमा समुन्द्र भुजेल र सहसचिवमा बिमला खड्का निर्वाचित भएका छन् ।

सदस्यमा शशी पण्डित, विद्या अर्याल, नगेन्द्रबहादुर खत्री, विन्दु गुरुङ, देमान गुरुङ र राजन घिमिरे निर्वाचित भएको निर्वाचन संयोजक ध्रुवराज खनालले जानकारी दिए । साधारण सभामा यस अगाडिका सचिव दीपक बराल क्षेत्री र कोषाध्यक्ष दया बरालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । टेकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य निर्मलबहादुर थापा, संस्थाका उपाध्यक्ष ध्रुवराज खनाल, सल्लाहकार नारायण बहादुर पण्डित, कृष्णबहादाुर केसी लगायतले बोलेका थिए । टोल सदस्यका छोराछोरी मध्ये एसईई उत्तीर्णलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.