कुँवर होण्डाको घुम्ती चेकअप क्याम्प

आर्थिक आवाज
पोखरा, ३० पुस । होण्डा मोटरसाइकल तथा स्कुटरको लागि पोखराका विभिन्न ठाउँमा घुम्ती चेकअप क्याम्प सञ्चालन भइरहेको छ । होण्डा मोटरसाइकल तथा स्कुटरको लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर व्रदर्श एण्ड सन्स नयाँ बजार पोखराको आयोजनामा क्याम्प भएको हो ।

आइतबार फुलबारी र सोमबार हेमजामा क्याम्प भइसकेको छ । आइतबारको क्याम्पमा १ सय १५ जना ग्राहकले सेवा लिएको सन्सका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए । सोमबार भएको क्याम्पबाट १ सय १८ जनाले सेवा लिएका छन् ।

मंगलबार बागमारा र बुधबार लामाचौरमा क्याम्प सञ्चालन हुने उनले बताए । बिक्री पछिको सेवालाई प्रभावकारी बनाउन क्याम्प प्रदान गरिएको उनले बताए । ‘कम्पनीबाटै आएको सुविधा सम्पन्न सर्भिस मोबाइल भ्यान तथा प्राविधिकसहित क्याम्प सञ्चालन गरिएको हो,’ उनले भने ।

You might also like

Comments are closed.