‘कुटि रिसोर्टले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराउँछ

देबेन्द्र केसी
सञ्चालक
कुटी रिसोर्ट एण्ड स्पा

 

युवा उद्यमी देबेन्द्र केसीले पोखराको लेकसाइडमा कुटी रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका छन् । अत्याधुनिक सुविधा सम्पन्न उक्त रिसोर्टमा मौषमानुकुल स्विइमिङ पुल समेत छ । यसैक्रममा पर्यटन व्यवसाय, रिसोर्टका विशेषता लगायत विविध विषयमा केन्द्रित रहेर केसीसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

पर्यटन क्षेत्रमा लगानी गर्ने सोच कसरी आयो ?
मसँग टुर्स एण्ड ट्राभल्स चलाएको अनुभव थियो । नेपाल लगायत विश्वमा नै पर्यटन व्यवसायको सम्भावना राम्रो छ । त्यसकारण मैले पर्यटन व्यवसायमा लगानी गरेको हुँ । पर्यटन क्षेत्रमा पनि होटलमा मेरो विशेष रुची भएकाले कुटी रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हुँ । तुलनात्मक रुपमा यो व्यवसाय अन्य व्यवसाय भन्दा राम्रो पाएको छु । अनौपचारिक रुपमा रिसोर्ट सञ्चालनमा आएको करिब १ वर्ष भइसकेको छ । अब छिट्टै रिसोर्टको औपचारिक उद्घाटन गर्नेछौं । देशमा स्थिर सरकार बनेर उपयुक्त तथा पर्यटनमैत्री वातावरण बनेमा पर्यटन व्यवसायले थप फड्को मार्ने मैले विश्वास लिएको छु ।

अन्य रिसोर्ट भन्दा कुटीमा के फरक छ ?
कुटी रिसोर्टलाई हामीले समय सान्दर्भिक र स्तरीय बनाउने प्रयास गरेका छौं । अन्तर्राष्ट्रियस्तरको सेवा पर्यटकलाई उपलब्ध गराउँछौं । क्षेत्रफल केही सानो भएपनि हामीसँग इन्डोर हिटर स्विइमिङ पुल छ । केमिकल रहित मेसिनले हामी स्विइमिङ पुलको सरसफाई गर्छौं । पार्किङका लागि प्रशस्त ठाउँ छ । रुफटप गार्डेन हाम्रो अर्को आकर्षण हो । स्पा, स्टिम, मसाज लगायतका सुविधा पनि हामीसँग छन् । अर्गानिक रेष्टुरेन्ट हाम्रो विशेषता हो भने साँस्कृतिक कार्यक्रम पनि रिसोर्टमा हुन्छ ।

लक्षित पर्यटक को–को हुन् ?
हामीले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई लक्षित गरेर सेवा प्रदान गरिरहेका छौं । हामीसँग ५१ वटा कोठा छन् । ११ वटा स्विट र अरु सुपर डिलक्स कोठा हामीसँग छन् । आन्तरिक सहित चिनियाँ, भारतीय तथा अन्य देशका पर्यटक रिसोर्टमा आउने क्रम बढिरहेको छ । करिव ८० जना क्षमताको रेष्टुरेन्ट हामीसँग छ । करिव ७० जनाको लागि सभा हल पनि छ । जसले गर्दा एनजिओ, आइएनजिओ तथा स्थानीय सघंसंस्थाका कार्यक्रमहरु पनि रिसोर्टमा भइरहन्छन् ।

कुटीमा पर्यटकले खानाको स्वाद कस्तो पाउँछन् ?
अर्डर अनुसार नेपाली, चाइनिज, जापानिज, इण्डियन लगायतका खाना हामी उपलब्ध गराउँछौं । पर्यटकको रोजाई अनुसारको खानाको स्वाद हामी तयार पार्छौं । स्वस्थ तथा गुणस्तरीय खाना मात्र हामी खुवाउँछौं ।

तपाईंको भावी योजना के छ ?
पोखरामा धेरै होटल खुल्ने क्रम बढिरहेको छ । होटल व्यवसायलाई लुम्विनी, चितवन काठमाडौं लगायतका ठाउँमा पनि बिस्तार गर्ने योजना बनाएका छौं । अनुकुल वातावरण बनेमा कुनै नयाँ प्रोजेक्ट हामी ल्याउनेछौं । अन्य व्यवसायमा पनि लगानी विस्तार गर्दै पर्यटन क्षेत्रलाई थप आधुनिक र अत्याधुनिक बनाउँदै अगाडि बढ्नेछु ।

रिसोर्टसँगै अन्य कुनकुन व्यवसायमा आबद्ध हुनुहन्छ ?
ट्राभल एजेन्सी र मिनरल वाटर फ्याक्ट्रीमा पनि लगानी गरेको छु । बिन्दास मिनर वाटर हाम्रो ब्राण्ड हो । डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरिरहेका छौं । अटो क्षेत्रमा पनि मेरो लगानी छ । अटो क्षेत्रमा सोनिया अटोमार्टबाट काम गरिरहेको छु ।

रिसोर्टमा कति लगानीमा गर्नुभयो ।
करिब ३० करोड रुपैयाँ लगानी भेटेको छ । आवश्यकता अनुसार लगानी विस्तार गर्दै अगाडि बढ्ने योजना छ । कुटी रिसोर्टमा मात्र करिव ७० जना कामदार छन् भने सबै ठाउँमा गरेमा करिब २ सय जना कामदारलाई हामीले रोजगारी प्रदान गरेका छौं ।

 

You might also like

Comments are closed.