तनहुँ,१३ वैशाख
नेपाल फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समान्त कुुसुण्डालाई शुक्रबारर शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । फोटो पत्रकारिता दिवसको अवसर पारेर व्यास नगरपालिका–१० डिहीगाउँ निवासी लोपोन्मूख तथा सिमान्तकृत जाती स्वर्गिय राजमामा कुसुण्डा तथा इन्द्रमाया कुसुण्डाको छोरी सिमान्तलाई घरमै पुगेर सहयोग गरिएको हो ।
कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर १० वडाध्यक्ष तुलसीराम सापकोटा, नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्ति , समाजसेवी भरत पोख्रेल, फोटो पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष अमरराज नहर्कीले सयुक्त रुपमा कुसुण्डा परिवारलाई सहयोग सामग्री हस्तारन्तरण गरे ।
सो अवसरमा वडाध्यक्ष सापकोटाले अति सिमान्तकृत जाती भएकोले सिमान्तलाई माध्यामिक तह सम्म अध्ययन गर्ने गरी वडा कार्यालयले अभिभाकत्व ग्रहण गर्ने जानकारी गराए ।
साथै जीवनयापनको लागि सहज बनाउन सिमान्तको आमालाई जागिर दिनको लागि नगरपालिकाको कार्यपालिकाको बैठकमा कुरा चलाउने उनको भनाई थियो । ११ वर्षिया सिमान्त स्थानीय सतिश अङ्ग्रेजी विद्यालयमा कक्षा ४ मा पढ्छिन् ।
समाजेवी पोख्रेल सम्मानित
यसैबीच फोटो पत्रकार महासङ्घ तनहुँ शाखाले समाजसेवी भरत पोख्रेललाई सोही अवसरमा सम्मान गरेको छ । व्यास नगरपालिका–४ भोर्लेटारचोक , दमौली स्थित ढोरवाही डेन्डल केयर सेन्टरका सञ्चालक पोख्रेलले सिमान्त कुुसुण्डालाई स्टेशनरीका समान सहयोग गरी शैक्षिक क्षेत्रका योगदान दिएकोले सम्मान गरिएको सो अवसरमा जानकारी दिए ।
Comments are closed.