कृति स्मृति वृत्ति सम्मान प्रतिकलाई, पोखरा पत्रकारिता पुरस्कार वात्सायनलाई

पोखरा,१३ चैत
नेपाल पत्रकार महासंघ कास्की शाखावाट संचालित तथा माननीय सभाषद तथा उद्योगपति सूर्यवहादुर केसीका परिवारजनवाट स्थापित कृति स्मृति वृत्ति सम्मान २०७४ प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतीकलाई प्रदान गरिने भएको छ । त्यस्तै पोखरा पत्रकारिता पुरस्कार कार्टुनिष्ट दुर्गा वराल वात्सायन र संस्थागत तर्फ पोखरा पत्रकारिता सम्मान पोखरा लेखनाथ महानगरपालिकालाई अर्पण गरिने भएको छ ।

कृति स्ृमति सम्मानको प्रतिभा छनौटको लागि पत्रकार युवराज घिमिरे, रामकृष्ण ज्ञवाली, रमेश पौडेल र महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा सचिव रामप्रसाद तिमिल्सिना सदस्य रहेको समितिले प्रतीकलाई सम्मान गर्न गरेको सिफारिसलाई सोमवार महासंघको वैठकले अनुमोदन गरेको हो ।

jutta mela

२०३१ सालमा मातृभुमि साप्ताहिक काठमाण्डौवाट पत्रकारितामा प्रवेश गरेका प्रतीक आव्हान साप्ताहिक, सगरमाथा दैनिक, जनआस्था साप्ताहिक र हिमदुत दैनिकमा पनि काम गरे । पोखरा हटलाईन दैनिकको संस्थापक सम्पादक प्रकाशक रहेका प्रतीक हाल प्रधान सम्पादकको रुपमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाको अध्यक्ष, सल्लाहकार , महासंघको केन्द्रीय सदस्य हुँदै उपाध्यक्ष सम्मको जिम्मेवारी प्रतीकले निभाए । उनले विभिन्न कलेजहरुमा पत्रकारिता विषय समेत अध्यापन गराए । साहित्यिक क्षेत्रमा समेत उत्तिकै सक्रिय पत्रकार प्रतीकका ३ वटा उपन्यास समेत प्रकाशित भईसकेको छ । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११, सम्मानपत्र र दोसल्ला रहेको छ । यसअघि वरिष्ठ पत्रकार युवराज घिमिरे पुरस्कृत भईसकेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना गरेको पोखरा पत्रकारिता पुरस्कार २०७२ वाट कार्टुनिष्ट दुर्गा वराल वात्सायन पुरस्कृत हुने भएका छन् । व्यङ्ग चित्रको माध्यमवाट पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान स्वरुप उनलाई पुरस्कृत गर्न लागिएको हो । वरालका कार्टुनहरु राष्ट्यि तथा अन्तराष्ट्यि क्षेत्रमा समेत चर्चित छन ्। वात्सायन हाल कान्तिपुर दैनिकमा आवद्ध छन् । पुरस्कारको राशी नगद ३५ हजार १ तथा सम्मानपत्र र दोसल्ला छ ।

त्यसैगरि पोखरा पत्रकारिता पुरस्कारको परिमार्जित निर्देशिका अनुसार पोखरा पत्रकारिता पुरस्कार संस्थागत सम्मान २०७४ वाट पोखरा लेखनाथ महानगरपालिका कार्यालयलाई सम्मान गर्ने निर्णय गरिएको छ । पुरस्कारको प्रतिभा छनौट समितिमा महासंघका पूर्व अध्यक्ष कुसुमकेशव पराजुली, वद्री विनोद प्रतीक, रविन्द्र वास्तोला तथा महासंघका अध्यक्ष र सचिव सदस्य दिए । दुवै पुरस्कार तथा सम्मान चैत १६ गते महासंघको स्थापना दिवसको दिनमा अर्पण गर्ने कार्यक्रम रहेको छ ।

You might also like

Comments are closed.