कृषि चेम्बर अफ कमर्स कास्कीमा निर्मल

पोखरा । कृषि क्षेत्रमा कार्यरत उद्योगी व्यवसायीहरुको भेलाले कृषि चेम्बर अफ कमर्स कास्की गठन गरेको छ । भेलाले निर्मलप्रसाद बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद सुवेदी र भोलानाथ ओझा, महासचिवमा गोकर्ण अधिकारी, सचिवमा जगदिश खनाल, कोषाध्यक्षमा रामप्रसाद लामिछाने छन् ।

कृषि चेम्बर अफ कमर्स कास्कीको सदस्यहरुमा शान्ति सुवेदी, भीमप्रसाद सुवेदी, परमेश्वर पण्डित, कृष्ण सुवेदी नारायण बास्तोला छन् । भेलामा पोखरा चेम्बर अफ कमर्स कास्कीका किसान सुनारले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले कृषिलाई समृद्धिको आधार मानेको चर्चा गर्दै अध्यक्ष सुनारले सरकारले कृषिका उत्पादनलाई राख्नको लागि शित भण्डारको व्यवस्था गर्नुपर्ने बताए ।

कोरना भाइरसको कारण तरकारी, फलफुल, कुखुरा उत्पादनको क्षेत्रमा प्रत्यक्ष असर परेको दावी गर्दै उनले कृषि क्षेत्रको लागि राहतका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । उनले पोखरा आसपासको क्षेत्रमा कृषि पकेट क्षेत्रको विस्तार गरेर उत्पादन बढाउनु पर्ने माग गरे ।

कार्यक्रममा चेम्बरका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी गौतम र बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला, कृषि चेम्बर अफ कमर्स कास्की अध्यक्ष निर्मलप्रसाद बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.