कृषि सुचना प्रविधि केन्द्र संचालन सम्वन्धि बृहत छलफल

पोखरा, ३० जेठ ।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव एंव कृषि प्रविधि सुचना केन्द्र संचालन समितिका संयोजक भरतकुमार अधिकारीको अध्यक्षतामा बुधबार कृषि प्रविधि सुचना केन्द्र संचालन सम्वन्धी बृहत छलफल भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका कार्य समिति र कृषि प्रविधि सुचना केन्द्र संचालन समिति विच केन्द्र स्थापना गर्नुको उद्देश्य र लक्ष्य प्राप्तीका लागि गर्नुपर्ने क्रियाकलापका बारे छलफल भएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बावुराम गिरी, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, उपमहासचिव गोपिचन्द्र बास्तोला, कोषाध्यक्ष राजेन्द्र ओझा तथा कृषकहरुको उपस्थिति रहेको उक्त छलफल कार्यक्रमले कृषि सुचना प्रविधि केन्द्रको समुद्घाटन यहि असार २० गते भव्यरुपमा आयोजना हुने भएको छ । समुद्घाटनको पूर्व तयारीका लागि विभिन्न कृषि समुहसँग भेटघाट तथा छलफल गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकण परियोजनाबाट साविक लेखनाथ नगरपालिकाका कृषकहरुका लागि कृषि प्रविधि सुचना केन्द्र स्थापनाका लागि सहयोग भएको हो । संचालनका लागि ७ सदस्यीय संचालन समिति गठन गरिएको छ । सदस्यहरुमा सुक वहादुर तिमिल्सेना , दयाराम तिवारी, कृष्णप्रसाद तिवारी, सप्तनाथ कुंवर, कृष्णकुमारी भट्टराई र कृषि सेवा केन्द्रका एक जना प्रतिनिधि रहेका छन् ।

You might also like

Comments are closed.