पोखरा । पोखरा १४ शीतलनगर आमा समूहको आयोजनामा कृष्ण जन्माअष्ठमीको अवसरमा ¥यालीसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । टोलबासी बालबालिकालाई केन्द्रित गरेर हिन्दु राष्ट्रियतालाई जगेर्ना गर्ने लक्ष्यसहित टोलमा कार्यक्रम गरिएको अध्यक्ष गंगा शर्मा केसीले जानकारी दिइन् ।
गाजाबाजासहित निकालिएको ¥यालीमा टोलबासीको सहभागिता रहेको थियो । ‘कार्यक्रममा उत्साहजनक सहभागिता रह्यो,’ केसी भनिन्, ‘धर्मको संरक्षण तथा राष्ट्रियताको जगेर्ना गर्न कार्यक्रम गरेका हौं ।’
अध्यक्ष गंगा शर्मा केसीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव कबिता कार्कीले गरेकी थिइन् भने कार्यक्रमको संयोजन रश्मी नेपालले गरेकी थिइन् ।