केभसिटी मिडियाले पाएको पुरस्कार श्रेया बिकको परिवारलाई हस्तान्तरण

पोखरा, १५ असोज ।

केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे ।

सो अवसरमा वोल्दै मृतकका ठूलो वुवा मिनबहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुन अनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पु¥याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । साथै उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए ।

केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिती अतिनै दयनिय अवस्थाको रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफुहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए । मिडियाको काम समाचार सम्प्रेसण मात्र नभइ सामाजिक कामपनि भएकाले आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी पनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए ।

उक्त अवसरमा केभसिटी मिडियाको तर्फबाट मिडियाकप भलिवल प्रतियोगितामा सहभागी पत्रकारहरुको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.