केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १७ अर्ब माग

 

काठमाडौं – केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।

सो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन चीन सरकारको सहयोगमा सम्पन्न भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले संसदको अर्थ समितिमा बोल्दै सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि करिव ३५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.