पन्चासे केवलकारको प्रारम्भिक साधारणसभा

पोखरा २२,पुस
पन्चासे केवलकार एण्ड टुर्स लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा केवलकार सहितको पर्यटकीय पुर्वाधार तयार पार्ने उद्देश्य राखेको पञ्चासे केवलकार एण्ड टुर्सको प्रारम्भिक साधारण सभामा बोल्दै गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले पर्यटन नै गण्डकी प्रदेशको आर्थिक सम्बृद्धिको आधार भएको बताएका छन् ।

पर्यटन क्षेत्रले नै गण्डकी प्रदेशले आर्थिक सम्बृद्धि हासिल गर्ने मन्त्री बस्नेतको भनाई थियो ।  गण्डकी प्रदेशको आर्थिक आधार नै पर्यटन हो मन्त्री बस्नेतले भने, पर्यटनबाट आर्थिक सम्बृद्धि हासिल गर्न थप लगानीका लागि प्रोत्साहित गर्छौ । उनले गण्डकी प्रदेशमा पर्यटन क्षेत्रमा हुने लगानीको सुरक्षा र सम्र्बद्धनको जिम्मा प्रदेश सरकारले लिने पनि प्रतिवद्धता समेत व्यक्त गरे ।

नेकपाका युवा नेता तथा प्रदेशसभा सदस्य राजीब पहारीले पञ्चासे सम्म पुग्न केही बर्ष भित्रमा पक्की सडक समेत पुर्याउने र पञ्चासेमा केवलकार बनाउन आफ्नो ठाउँबाट जुनसुकै सहयोग पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

प्रदेशसभा सदस्य रामजी बरालले यस्ता खालका आयोजनाले नै देशलाई समृद्धि तर्फ उन्मुख गराउने कुरा बताए ।
कार्यक्रममा नेकपाका नेता शिबबहादुर बराल, प्रा.डा.बेदनाथ शर्मा , मोदीगाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल, कम्पनीका सञ्चालक चिन्तामणी शर्मा, किरण पोखरेल लगायतले बोलेका थिए । पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कम्पनिका इीसिओ धर्मराज भण्डारी ले स्वागत गरेका थिए ।
केवलकारले पोखरा महानगरपालिकाको घाटीछिना देखि पर्वतको मोदी गाउँपालिका र कुस्मा नगरपालिकाको सिमाना सम्म केवलकार, हेरिटेज प्लाजा,

होटल, रिर्सोट, होमस्टे, रोपवे, जीप फ्लायर, साइकललेन, वाटरडान्स, लभ पार्क, फन पार्क, श्रवणकुमार आश्रम, लगायतका संरचना निर्माण गर्ने उद्देश्य राखेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले सोही अवसरमा जानकारी गराएका थिए । सबै संरचनाहरु ६ बर्ष भित्रमा निर्माण गरि सक्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । सम्पुर्ण पुर्वाधारहरु सहित १३ अर्व ३८ करोड को लगानी रहेको कुरा अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराए ।

कम्पनिको उक्त सभा बाट ९ सदस्यि संचालक समिति गठन गरेको छ । संचालकहरुमा रामचन्द्र शर्मा किरण पोख्रेल, धर्मराज भण्डारी
चिन्तामणि शर्मा ,कमल बहादुर बस्नेत ,हरिहर सापकोटा  प्रेम गिरी ,प्रेमराज भण्डारी ,प्रेम सुवेदी रहेका छन् । निर्वाचन मण्डल का संयोजक बोधराज बरालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

You might also like

Comments are closed.