केसी आमरण अनसन: राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिको ध्यानाकर्षण

आर्थिक आवाज
पोखरा, ६ माघ । प्रा. डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले विज्ञप्तिमार्फत ध्यानार्कषण भएको जनाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायतका माग राखेर केसी १२ दिनदेखि सत्याग्रहमा छन् ।

‘माग पुरा नगरेर १६औं पटक अनसन बस्न वाध्य पारेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । पुस २५ देखि इलाममा अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत केसीको शीघ्र स्वास्थ्य लाभको कामना समेत समितिले गरेको महासचिव सुनिल पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.