केही समय रोकिएको त्रिभुवन विमानस्थलको उडान सुचारु

काठमाडौं, १८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानर अवतरण नियमित रुपमा सञ्चालन भएको छ । धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय उडान बन्द भएको थियो ।

धावनमार्गमा समस्या देखिएपछि शुक्रबार बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको थियो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको हो ।

करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थल स्रोतले जनाएको छ ।

You might also like

Comments are closed.