के तपाई अमेरिकी डलर आज साट्दै हुनुहुन्छ ? यस्तो छ मुद्रा विनिमयदर !

काठमाडौं ।नेपाल राष्ट्र बैंकले बिहीबार विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३२ रुपैया २४ पैसा रहेको छ । बुधबारको भन्दा बिहीबार अमेरिकी डलरको मूल्यमा केही पैसा सस्तिएको छ ।
]

त्यस्तै, बिहीबार युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ९० रुपैयाँ ४० पैसा र बिक्रीमा ९० रुपैयाँ ८१ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ७५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ७९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५रुपैयाँ १७ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ०४ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ १९ पैसा र बिक्री मूल्य १० रुपैयाँ २३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९८पैसा र बिक्री मूल्य ३० रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिदर ४२९ रुपैयाँ ४२ पैसाँ र विक्रीदर ४३१ रुपैया ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५० रुपैयाँ ७७ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

 

You might also like

Comments are closed.