पोखरा, २१ फागुन
कैलाश विकास बैंकले मंगलबार अन्नपूर्ण गाउंपालिका– १० घान्दु्रक स्थित मेश्रम वराह माध्यामिक विद्यालयलाई कम्प्यूटर तथा फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकले विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । बैंकको सहयोगबाट विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थीहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् ।
शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए । उक्त कार्यक्रमको सभापतित्व गरेका बिद्यालय ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष जगत बहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई ठुलो हौसला मिलेको बताए ।
बैंकको हालसम्म शाखा संख्या ८९ पुगेका छन् भने एटिएम संख्या ३५ पुगेका छन् । निकट भविष्यमा देशका बभिन्न ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । यस बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आई रहेकोछ ।
Comments are closed.