कैलाश बैंकद्वारा विद्यार्थीलाई साईकल वितरण

पोखरा, २९ बैशाख
कैलाश विकास बैंकको सिरहा जिल्ला स्थित बेलाहा शाखाको बार्षिकउत्सवको अवसरमा विद्यार्थी साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाकोकल्याणपुर नगरपालिका–१२ स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ट विद्यार्थी साईकल वितरण गरेको हो ।

साथै बैकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानिय जनतालाई बित्तिय साक्षरता सम्बन्धि जानकारी दिएको बताइएको छ । आगामि दिनहरुमा पनि बैकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

देशभर ९६ बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।

You might also like

Comments are closed.