कैलाश बैङकको डेढ गुणा मुद्धती निक्षेप योजना

आर्थिक आवाज
पोखरा, २६ मंसिर । कैलाश विकास बैंकले १ दशमलव ५ गुणा मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी निक्षेपकर्ताले आफ्नो जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले जानकारी दिए ।

एक लाखको न्युनतम मौज्दातमा नै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले बताएको छ । यसका अलावा बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ ।

जसमा संस्थागत निक्षेपकर्ताका लागि ११.७५ प्रतिशत र व्यक्तिगत निक्षेपकर्ताका लागि १२.५० प्रतिशत व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने बताइएको छ । यी निक्षेप योजनाहरु सीमित अवधीका लागी मात्र रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

You might also like

Comments are closed.