कैलाश विकास बंैकको शाखा सिराहामा

 

पोखरा, २०माघ ।
कैलाश विकास बंैक लिमिटेडले सिराहा जिल्लाको सिराहाबजारमा नयाँ शाखा स्थापना गरी आइतबार देखि औपचारीक कारोवार शुभारम्भ गरेको छ ।
उक्त शाखाको शुभारम्भ सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले एक समारोहका बिच उद्घाटन गरे ।

बैंकको हालसम्म शाखा संख्या ८७ पुगेका छन् भने एटिएम संख्या ३२ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न २ स्थान तथा देशका अन्य ८ ठाँऊहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ । यस बैंकले अत्याधुनिकप्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाको साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवालगायतका सेवाहरु प्रदान गर्दै आईरहेकोछ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...