आर्थिक आवाज
पोखरा, ३० चैत । कैलाश विकास बैंक लिमिटेडले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा समृद्ध नेपालमा सबै जानताको बैंक खाता, अब खोलौ कैलाश बैंकमा ‘कैलाश सबैको बचत खाता’ नारा सहित ‘कैलाश सबैको बचत योजना’ बजारमा ल्याएको छ ।
जसमा शुन्य मौज्दातमा खाता खोल्न सकिने, खातामा रु १०० बैंकको तर्फबाट प्रदान गरिने, निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क एबिबिएस लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
देशभर ९५ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको बैंकको ३४ एटिएम छन् । निकट भविष्यमा देशका विभिन्न २ ठाउँहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ । यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाका साथै मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Comments are closed.