कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर

 

काठमाडौं, ६ पुस

कैलाश विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । पौष ६ गते शुक्रबारदेखि लागु हुने गरि मानन्धरलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंकले जनाएको छ ।

उनले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका मानन्धर यस अघि मुक्तीनाथ विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । नेपाल बङ्गलादेश बैंकबाट करियर सुरु गरि विभिन्न बाणिज्य बैंकहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका मानन्धरको बित्तीय क्षेत्रमा करिब १८ वर्ष भन्दा बढीको कार्य अनुभव छ ।

You might also like

Comments are closed.