कैलाश विकास बैंकको शाखा रुपन्देहीको सैनामैनामा

काठमाडौं, ५ पुस
कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा शाखा स्थापना गरेको छ । बिहिबार देखि कारोवार शुभारम्भ भएको उक्त शाखाको  शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले गरेका हुन् ।

यस शाखा सहित बैंकका ७९ शाखा संचालनमा छन् भने एटिएम संख्या ३२ पुगेका छन् । बैंकले निकट भविष्यमा महोत्तरी जिल्लाको गौशाला, रौतहट जिल्लाको शिवनगर, रुपन्देही जिल्लाको होराइजनचोक बुटवल, काभ्रेपलाञ्चोक जिल्लाको बनेपा तथा अन्य विभिन्न ठाँउहरुमा २० भन्दा बढी शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, भिसा डेबिट कार्ड, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.