कैलाश विकास बैंकको शाखा रुपन्देहीको भलबारीमा

पोखरा, २८ असार ।

कैलाश विकास बैंकले रुपन्देही जिल्लाको भलबारीमा आफ्नो ५४औँ शाखा स्थापना गरेको छ। । नेपाल राष्ट्र बैंक भैरहवाका मुख्य व्यवस्थापक अशोक पौडेलले शाखाको उद्घाटन गरेका हुन् । संस्थाका संचालक चिन्तामणी पाण्डेको सभापतित्वमा कार्यक्रम भएको हो ।

यस शाखामा सुरक्षाकर्मी सहित सवै कर्मचारी महिला रहेका छन् । शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध हुने छन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ५४ पुगेका छन् भने एटिएम संख्या २५ पुगेका छन् । बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ३ करोड निक्षेप संकलन गरी रु.१९अर्ब ७० करोड कर्जा प्रवाह गरेको प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

You might also like

Comments are closed.