पोखरा, १० असोज ।
कैलाश विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश स्विकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
आगामी साधारण सभाबाट पारित भएपछि सो लाभांश शेयरधनीलाई वितरण गरिने बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
Comments are closed.