कैलाश विकास बैंकको ४७ औँ शाखा दमकमा

पोखरा, २७ चैत ।
कैलाश विकास बैंकले झापा जिल्लाको दमकमा ४७ औँ शाखा स्थापना गरी सोमवार देखि कारोवार शुरु गरेको छ । उक्त शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले एक समारोह बिच शुभारम्भ गरेका हुन ।

नयाँ शाखा सहित अब बैंकको शाखा संख्या ४७ पुगेको छ भने एटिएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२० अर्व ०४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब १६ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

You might also like

Comments are closed.