कैलाश विकास बैंकको ४९ औँ शाखा सिराहाको बेल्हामा

पोखरा, २४ बैशाख ।

कैलाश विकास बैंक लिमिटेडले सिराहा जिल्लाको बेल्हामा ४९ औँ शाखा स्थापना गरेको छ । सोमवार देखि कारोवार शुभारम्भ गरेको उक्त शाखाको उद्घाटन कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले गरेका हुन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ४९ पुगेका छन् भने एटिएमको संख्या २२ पुगेका छन् । बैंकले निकट भविष्यमा पर्सा जिल्लाको विरगंज, मनाङ जिल्लाको धारापानी तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२० अर्व १४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब ६६ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.