कैलाश विकास बैंक बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्डबाट सम्मानित

पोखरा, ७ असोज ।

कैलाश विकास बैंक लिमिटेडले यस वर्षको बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जित्न सफल भएको छ । न्यू बिजनेश एज प्रा. लि. को आयोजनमा शुक्रबार विजनेश एवार्ड कार्यक्रममा न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१८” बाट बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड कैलाश विकास बैंकलाई प्रदान गरिएको हो । उक्त कार्यक्रममा यसै संस्थाका सिनियर एक्सिक्युटिभ कृष्ण गोपाल मानन्धरले अवार्ड ग्रहण गरेका थिए । विकास बैंकहरु माझ छुट्टै पहिचान बनाइ राख्न सफल कैलाश विकास बैंकले यस अघि पनि नेपाल राष्ट्र बैंक, पोखरा उधोग बाणिज्य संघ र नेपाल चार्टर्ड एकाउनटेन्ट संस्थाबाट सम्मान तथा अवार्ड प्राप्त गरेको थियो ।

यस बैंकले गुणस्तरीए सेवा र उच्चतम सुसाशन कायम राखेकाले नै अवार्ड पाउन सफल रहेको र यसको श्रेय कैलाश विकास बैंकको ग्राहकवर्ग, शेयरधनी, यस व्यवस्थापन तथा कर्मचारी र सरोकारवाला निकायलाई जाने बैंकका अध्यक्ष नारायण प्रसाद पौडेलले बताए ।

अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवा लगायत मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ सेवा, शेयर लगानीकर्ताहरुको लागि डिम्याट सेवा, सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको यस बैंकले निकट भविष्यमा भिसा कार्डको सुभारम्भ गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.