कैलाश विकास बैंक र एनविआइ बीच सम्झौता

पोखरा, ५ बैशाख
कैलाश विकास बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनविआइ) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि यहि बैशाख ३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बैंकका कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।

उक्त सम्झौतामा एनविआइ को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृत चरण श्रेष्ठले हस्ताक्षर गरेका थिए । देशभर ९५ बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बंैकको ३४ एटिएम छन् । निकट भविष्यमा देशका बिभिन्न २ ठाँऊहरुमा शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।

यस बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.