कैलाश विकास बैंक लि. द्वारा डस्टविन बितरण

पोखरा । कैलाश विकास बैंक लिमिटेडले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्न डष्टविन वितरण गरेको छ । वातावरणलाई सफा र स्वच्छ राख्न बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

बिहीबार एक कार्यक्रमबीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामग्री हस्तान्तरण गरे । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफा राख्न सहयोग पुग्ने बताए ।

बैंकले हालसम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले निकट भविष्यमा प्राइम कमर्सियल बैंकसंग एक्विजिसन भई ‘क’ वर्गको बैंकबाट बैंकिङ सेवा प्रदान गर्ने बताएको छ ।

You might also like

Comments are closed.