कोअपरेटिभ म्यानेजर्स क्ल्ब कास्कीमा नयाँ नेतृत्व

आर्थिक आवाज
पोखरा । कोअपरेटिभ म्यानेजर्स क्ल्ब कास्कीको अध्यक्षमा डम्बर सिंह बस्नेत (गौरीशंकर साकोस) निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो साधारण सभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

क्लबको उपाध्यक्ष अपिल कोइराला (संगम साकोस) सचिवमा बोधराज रेग्मी (दर्पण साकोस), सहसचिव मोहन प्रसाद अधिकारी (पृथ्वी बहुउद्देश्यीय), कोषाध्यक्ष हरि प्रसाद पन्थी (पिपुल्स साकोस) चयन भएका छन् ।

सदस्यमा सन्तोष त्रिपाठी (नयन साकोस), निरु थापा (प्राइम वहुउद्देश्यीय), सन्तोष रानाभाट (शुभशौगात साकोस), किरण अधिकारी (मीत्रमीलन कृषि) गोबिन्द लामिछाने (लेखनाथ साकोस), सीता दाहाल (रास्ट्रिय बहुउद्देश्यीय) चयन भएको संस्थापक अध्यक्ष मीलन ढकालले जानकारी दिए ।

भीम बहादुर गुरुङ र भोजराज घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । संस्थापक अध्यक्ष मीलन ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रशिक्षक नेफ्स्कुनका केन्द्रीय सञ्चालक तथा गण्डकी प्रदेश संयोजक भीम बहादुर गुरुङले नेतृत्व विकासका क्षेत्रमा क्लबलाई सक्रिय बनाउनुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल लगायतले बोलेका थिए । निर्वाचन संयोजक कमलमोहन आचार्य रहेका थिए भने सदस्यमा सन्तोष घिमिरे र गन्नाथ लामिछाने रहेका थिए । सहकारी ऐन नियम र नमुना नीतिहरुलाई समेटेर प्रकाशन गरिएको पुस्तकसमेत सोही अवसरमा विमोचन गरिएको छ ।

You might also like

Comments are closed.