कोपिला सहकारीको बैंकिङ एप्स सुरु

पोखरा, २ चैत
पोखरा–४ स्थित कोपिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई बैंकिङ कारोबारका लागि कोपिला एप्स शुरु गरेको छ । संस्थाले शनिवार एक कार्यक्रम गरी एप्सको बारेमा जानकारी सहित सहकारी प्रशिक्षण समेत ग¥यो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकाल र सहकारी अध्यक्ष सूर्यबहादुर जिसीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा संस्थाका २ सय ५० जना शेयर सदस्यलाई कोपिला एप्स र सहकारीसम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा एप्सका डेभलपर सुवाश आचार्यले शेयर सदस्यहरुलाई बैंकिङ सुविधासम्बन्धी प्रशिक्षण गराएका थिए भने सहकारीसम्बन्धी सहजीकरण सुदीप ढकालले गरेका थिए ।

संस्था अध्यक्ष जिसीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समिति सदस्य प्रसाद गौतमले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।  कार्यक्रम संचालन शिक्षा समिति संयोजक उपेन्द्रराज पोख्रेल र धन्यवाद ज्ञापन शिक्षा समिति सदस्य ठाकुरप्रसाद आचार्यले गरेका थिए।

You might also like

Comments are closed.