‘कोपोमिस’ सफ्टवयरको ज्ञान सिकाउँदै कोअपरेटिभ म्यानेजर्स क्लब

आर्थिक आवाज
पोखरा, १२ फागुन । कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजनामा शनिबार पोखरामा एक दिने ‘कोपोमिस’ सम्बन्धी तालिम सम्पन्न भएको छ । समय समयमा विभिन्न विषयमा क्लबले तालिम तथा सेमिनारहरु आयोजना गर्दै आइरहेको छ ।

शनिबार आयोजित तालिममा ६० वटा सहकारी संस्थाका ८६ जना सहभागी भएको क्लबका अध्यक्ष मीलन ढकालले आर्थिक आवाजलाई जानकारी दिए । नेपाल सरकार सहकारी विभागले प्रयोगमा ल्याएको कोपोमिस सफ्ट्वयरको तालिम सहकारी संस्थामा बहुउपयोगी रहेको र क्लबका सदस्यहरुले माग गरेकाले तालिम आयोजना गरिएको ढकालले बताए ।

‘क्लबले सहकारीलाई आवश्यक तालिमहरु प्रदान गर्दै आइरहेको छ,’ उनले भने, ‘क्वालिटि सर्कलको रुपमा काम गरिरहेका छौं । आगामी दिनमा पनि तालिम तथा सेमिनारहरुलाई निरन्तरता दिनेछौं ।’ बिजया श्रेष्ठले तालिममा सहजीकरण गरेका थिए ।

You might also like

Comments are closed.