कोभिडले जन्माएको शैक्षिक सेरोफेरो र प्रविधि

लक्ष्मी शर्मा

बौद्विक क्षमता भन्दा पनि भावनात्मक सम्वन्ध विस्तारमा जोड दिइनु आवश्यक छ । तथापि बौद्धिक वृद्धि भावनात्मक ज्ञानबाट नै हुन्छ ।

विभेदित शिक्षण अध्यापनमा एक Buzz word वर्ड मानिएको छ । यो विद्यार्थी केन्द्रित शिक्षण रणनीति पनि हो । कोभिड–१९ ले यसलाई पूर्ण प्रयोगको अवसर दिएको छ । यस अवधिमा विद्यालयहरुले विद्यार्थीलाई केही कार्यहरु जसमा विद्यार्थीले आफ्नो उत्तरदायित्व बोध गर्दै खोज, छलफल, सृजना र सहकार्यबाट पुरा गर्न सक्ने सिकाईका कार्यहरु तय गर्नुपथ्र्यो । जुन औपचारिक शिक्षा भन्दा बाहिर पनि सम्भव छन् ।

विद्यालयमा सिकाईको यो पाटोलाई छायाँमा राख्दै विविध होडबाजी, प्रचारवाद, प्रतिष्पर्धी भावना र विद्यालयको शाख जोगाउन शिक्षकमा डिजिटल साक्षरताहोस् नहोस् प्राविधिक अनुकुलता इन्टरनेटको प्रयाप्तता, अनलाइन शिक्षाको आचारसहिंता, चुनौति र प्रभावकारिता, विद्यार्थीहरुमा भएको प्राविधिक उपलब्धता र अनलाइन कक्षाले ल्याएको दुखित मनोविज्ञानको पाटो आदि कुराहरु बिर्सदै केही इलाइट विद्यालयहरु पुरानो मोडलको शिक्षक केन्द्रित पाठ्यक्रमको शिक्षणमा तल्लीन छन् । सिकाई उपलब्धी भयो भएन, कति प्रतिशत विद्यार्थी समेटिए, कति शिक्षकको मनोबलमा ठेस पुग्यो, कति विद्यालयमा अभिभावकको गुनासो र दबाब आए र शिक्षण कति हदसम्म समावेशी र न्यायपूर्ण भयो भन्ने कुरा गम्भिरताका विषय हुन् ।

यद्यपि यो बिषम परिस्थिति र यस पछिको अवस्थामा सबै सञ्चार माध्यम, अनलाइन, प्रिन्ट आदिबाट शिक्षण गरिनुको विकल्प छैन । तर, शिक्षण सिकाईको स्वरुप बदल्नु आवश्यक छ । यस अवस्थामा निद्रिष्ट पाठ्यक्रममा जानुभन्दा पनि स्थानीय स्रोत र साधनमा आधारित जीवनोपयोगी शिक्षा जस्तै एक अर्काप्रति सम्मान, र विश्वसनियताको विकास, व्यक्तिगत र सामाजिक उत्तरदायित्वको बोध, मृदुभाषा, राष्ट्रप्रेम र राष्ट्रियताको सम्मान आदिमा जोड दिन सकिन्छ । अहिले यस्ता सिकाई हराइसकेका छन्, संस्कार पनि हराएको छ । र, संस्कार विनाको शिक्षाको विगविगी दिनानुदिन बढिरहेको छ ।

यस बिषम परिस्थितिमा पाठ्यक्रममा समावेश भएका तर समेट्न नसकेका जीवन उपयोगी सिकाई जसले जीवन जिउने कला सिकाउछ, त्यस्ता कुरामा जोड दिनुपर्दछ । यस समयमा बौद्विक क्षमता भन्दा पनि भावनात्मक सम्वन्ध विस्तारमा जोड दिइनु आवश्यक छ । तथापि बौद्धिक वृद्धि भावनात्मक ज्ञानबाट नै हुन्छ । प्रतिष्पर्धी युगमा जान उपयुक्त सिपहरु जस्तै सृजनशीलता र सहकार्य, Cross cultural understanding, कुसल सञ्चार क्षमता, कम्प्युटिङ र आइटी साक्षरता, आत्मनिर्भरता, career growth, आदि जुन उपलब्ध साधन स्रोत, परिवार, समाज र व्यक्ति स्वयमको सक्रियतामा बढाउन र सुदृढीकरण गर्न सकिन्छ । तसर्थ, यो बन्दाबन्दीको समयमा ती कुरालाई प्राथमिकतामा राखिनु सान्दर्भिक छ ।

आजको पुस्तामा देखिएको प्रविधिको प्रयोग प्रभावकारितामा भन्दा दुव्र्यसनीमा केन्द्रित छ । कोभिडको प्रभावले यसलाई अझै बढावा दिएको छ । अनौपचारिक शिक्षण र सिकाईमा केही राम्रा प्रभाव देखिएपनि नैतिकताको स्तरबाट हेर्दा धेरै नै नाजुक अवस्था रहेको र sexting, cyberbullying, defeactive social relationship, facebook depression आदि कुराहरुमा रुमलिएको अवस्था छ । बन्दाबन्दीले दिएको १२/१५ घण्टाको लगातारको प्रविधि प्रयोग जहाँ स्पष्ट नेटिक्वेट्स/इन्टरनेट आचारसहिंताको कुनै जानकारिता छैन । तसर्थ यो बिषम परिस्थितिमा प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्न अभिभावक, विद्यालय र सिंगो नागरिक समाज नै विकल्पको खोजीमा छ ।

लकडाउनको असर उनीहरुको शिक्षण सिकाइमा मात्र नभएर उनीहरुको आनिवानी र स्वास्थ्यमा नै प्रतिकुलता देखिएको छ । तथापि यो प्रतिष्पर्धी युगमा डिजिटल सिटिजन सिप बिना टिक्न नसकिने अवस्था रहेको र संसार डिजिटल एक्सेस, डिजिटल कमर्स, डिजिटल संचार, डिजिटल साक्षरता, डिजिटल कानुन, डिजिटल स्वास्थ्य र योग आदिमा केन्द्रित छ । त्यसैले नेटिजन हुनु आजको बाध्यता हो र डिजिटल सुरक्षा आजको प्रचुर आवश्यकता हो । सम्वन्धित निकाय, शिक्षण संस्था, अभिभावक र विद्यार्थी स्वयम डिजिटल आचारसहितासँग परिचित भएर सिक्ने सिकाउने र यसलाई नियमन गर्ने कार्यमा एकजुट भएर अगाडि बढ्नुको को विकल्प छैन ।

कोभिड–१९ ले सबैलाई डिजिटल सक्षमता विकास गर्न एउटा अवसर दिएको छ । विद्यालय भन्दा बाहिर पनि केही सिकाइ हुन्छ, घर नै पहिलो र दीगो एवं पूर्ण पाठशाला हो भन्ने कुराको बोध गराएको छ । तर, कति अभिभावक, शिक्षक र विद्यालयहरु डिजिटल साक्षरता, Information साक्षरता तथा डिजिटल तययकि को साक्षरताको अभावले कडा मेहनत पछाडि पनि पुरानै प्रविधिबाट शिक्षण सिकाई प्रकृया अगाडि बढाइएको पाइन्छ । र, हरेक सम्भाव्य बाटो खोजेको अवस्थामा केही विद्यालयहरु Zoom, Cloud meeting and google meet को माध्यमबाट पढाउदा Face to face teaching मा जस्तो Active participation नभएको र विविध नकारात्मक कुराहरु जस्तै विद्यार्थी आफ्नै च्याटमा व्यस्त, एन्टोनेसनको दुरुपयोग, उनीहरुको प्रत्यक्ष सेसन भरी भए नभएको अनविज्ञता आदि कुराहरु छन् । यसको प्रभावकारितामा प्रश्न उठेको छ । तथापि, यसलाई प्रभावकारी बनाउन विद्यार्थीको उपस्थिति जाँच्नलाई बीचबीचमा Opinion polls राखेर Zoom poll राखेर विद्यार्थीलाई Zoom breakout room मा राखेर online teaching लाई प्रभावकारी बनाउन सकिन्छ भने विद्यार्थीलाई offline सिकाईको लागि blog creating digital poster making, audio video recording आदि गराएर त्यसको output को रेकर्ड राख्न सकिन्छ ।

जहाँ अभिभावकसँग पर्याप्त इन्टरनेट र विद्युतीय सामग्री भएको अवस्थामा विभिन्न डिजिटल tools को प्रयोगमा ध्यान दिन सकिन्छ । जहाँ विद्यार्थी आफैले सक्रिय रुपमा सिक्न सक्छन् । जस्तै voice record गर्न www.vocaro.com, English सिकाईको लागि The Road to grammar app, सम्पूर्ण विषयको quiz को लागि Trivinity, Nearpod, Quizzes, Socrative, paddlet, google doc, video scribe, active presenter, playposit, plotagon, powtoon, ted video, screen castomaticsoftware, canva, khoot, आदि प्रयोग गर्न विद्यालयले अभिभावकलाई सामान्य पत्राचार वा कmक बाट सुसूचित गराएर प्रविधिमैत्री विद्यार्थी केन्द्रित सिकाइलाई प्राथमिकतामा राख्न सकिन्छ । उनीहरुको सक्रियता र सहभागितालाई मापन गर्न सम्भाव्य उपायहरु खोजेर गर्न सकिन्छ । यो lockdown को न्यास्रोपनलाई चिर्दैै डिजिटल तथा पूर्ण र जीवनोपयोगी शिक्षा घरमा नै बसेर लिन सकिन्छ । विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी स्वयममा आफ्ने जिम्मेवारीको बोध भएको अवस्थामा राम्रो प्रतिफल आउने कुराको आँकलन गर्न सकिन्छ । कोभिडका कारण लकडाउन लम्विएको अवस्थामा विद्यालयहरु LMS को सिस्टम google classroom, canvas, moodle आदिको प्रयोग गर्न पूर्व तयारी गर्न अपरिहार्य छ । विद्यालयहरु अबका दिनमा आवश्यक आधारशिलाहरु तयार गर्दै सान्दर्भिक अनलाइन सामग्रीहरु तयार गर्न जुट्नु आवश्यक छ ।

लेखक गण्डकी बोर्डिङ स्कुलका शिक्षक हुन् ।

Citizen Trade Link
Nova computer
टिप्पणिहरु
Loading...